नेपाली इतिहासको राजनीतिक परिघटनामा प्रजातन्त्र दिवसको छुट्टै महत्त्व रहँदै आएको छ । १०४ वर्षे राणा शासनको अन्त्य भएको सम्झनामा प्रजातन्त्र दिवस मनाउँदै आइएको छ । यसै सन्दर्भमा प्रस्तुत छ, प्रा.डा. सुरेन्द्र केसीसँग केन्द्रबिन्दुका संवाददाता प्रेम कुमार श्रेष्ठले गरेको कुराकानी –
१. संघीय गणतन्त्र नेपालमा प्रजातन्त्रको के महत्त्व रहेको छ ?
– नेपालमा भएको प्रजातन्त्र र गणतन्त्र बेग्लाबेग्लै परिघटना हो । प्रजातन्त्रको आन्दोलनले नेपालमा १०४ वर्षको राणा शाषनलाई अन्त्य गरी नयाँ अध्यायको सुरुवात गरेको थियो । गणतन्त्रले नेपालमा आधुनिक राजनीतिक व्यवस्थाको सुरुवात गरेको छ । त्यसैले यो दुई फरक पाटो होे ।
२. नेपालमा अहिलेसम्म आइपुग्दा आन्दोलनको कुनै प्रभाव देखिदैन नि ?
– नेतामा ‘भिजन’ नभएर हो । नेपालमा भएका आन्दोलनहरुले ठुलो परिर्वतन ल्याएका छन् । तर, नेतामा कुनै परिर्वतन आउन सकेन । परिवर्तनको आभाष दिन नेताहरु असमर्थ भइरहेका छन् ।
३. गणतन्त्र व्यवस्थासम्म आइपुग्दा के परिर्वतन आएको पाउनु भयो ?
– केही परिर्वतन भए जस्तो देख्दिन । मात्र, प्रजातन्त्रले नेपालमा संवैधानिक राजतन्त्र, लोकतन्त्रले जनताको शासन र गणतन्त्रले आधुनिक नेपालसम्म आइपुग्यो । तर, भ्रष्ट्राचार, दमन, शोषण भने अझै रोकिएको छैन । यसरी हेर्दा राजनीतिक परिर्वतन मात्र ठुलो कुरा होइन । जनताले महसुस गर्न सक्नुपर्छ ।
४. सहिद गेटमा राजाको शालिक राखेको र राखिराखेको विषयले पनि हामीले सही इतिहास प्रदर्शन गर्न नसकेको संकेत गर्छ । के यो ठीक हो त ?
– ठीक होइन । यसले नेपालमा प्रजातन्त्रको नारा सुरुवात गर्ने सहिदको अपमान गरेको छ । तर, नेपाली राजनीतिमा यो विषयमा बोल्ने कोही भएन । मृत्युदण्ड दिन स्वकृती दिने राजा कसरी माथि बस्न सक्छन् ? यो प्रश्न कसैले गर्न सकेको छैन ।
५. बाबुराम भट्टराईको सरकारले त्रिभुवनको शालिक हटाउने भने पनि पुरा भएन नि ?
– नेपाली नेतामा इच्छाशक्तिको कमी भएर हो । त्रिभुवनको सालिकलाई हटाएर चार सहिदमात्र राख्ने विषय उठाउनु पर्नेमा त्यो भएन । यसमा पनि ठुलो राजनीतिक चलखेल भयो ।





























प्रतिक्रिया