नेपाली नायिकाहरु सलमान खानको ‘दबङ द टुर’ शोमा नाच्न तयार

नेपाली नायिकाहरु सलमान खानको ‘दबङ द टुर’ शोमा नाच्न तयार

केन्द्रबिन्दु
0
Shares

नेपाली नायिकाहरु प्रियंका कार्की, स्वस्तीमा खड्का र मोडेल एलिसा राईले सलमान खानको ‘दबङ द टुर’ शोमा आफ्नो प्रस्तुति नदिने बताएका खवरहरु सार्वजनिक भएका छन् । उनिहरुका अनुसार हिन्दी गितमा सलमानसँग कोरस गर्न भनेर आयोजकले भनेपछि यो प्रस्ताव अस्वीकार गरिएको हो ।

आयोजक ओडिसी ईन्टरनेशनलका सिमान्त गुरुङले भने आफुहरुले प्रस्तवमात्रै राखेको बताएका छन् । यद्यपी उनिहरुले शो अस्वीकार नगरेको बरु शो मा आफ्नो प्रस्तुति दिने कुरा भएको केन्द्रबिन्दुलाई बताए ।

प्रस्तुत छ सिमान्त गुरुङसँग गरेको पाँच प्रश्न:

१ नेपाली नायिकाहरुले ‘दबंग द टुर’ शो मा नाच्न अस्वीकार गरेका हुन् ?

 -हामीले एउटा सेलिब्रेटी म्यानेजमेन्टलाई यो कुराको जिम्मा दिएका छौं । उहाँहरुले कोर्डिनेट गर्नुहुन्छ । मसँग केही कुरा पनि भएको छैन्, अस्ती भएको कुरा के हो भने सलमान खानसँग गर्ने भनेर सोध्दा उनिहरुले नगर्ने भनेका हुन् । तर सलमान खानसँग ननाचेपनि खानको शो हुनुभन्दा पहिले उहाँहरुले आफ्नो आफ्नो प्रस्तुति त दिनुहुन्छ ।

२ कोरस र हिन्दि गितमा नाच्न भनियो भनेर, अस्वीकार गरेको हो भन्ने खवर आईरहेका छन् नी ?

-हामीले उहाँहरुलाई गर्नुहुन्छ की भनेर मात्र सोधेका होँ, सोध्न त पाइएन्छ नी, हैन र ? हामीले सोध्दा उहाँहरुले नाई भन्नुभयो यति हो । त्यसपछि कुरा नै भएन् । सलमान खानसँग नाच्दैनौ हामी आफ्नो तरिकाले गर्न तयार छौँ भनेर उनिहरुले भने ।

३ पारिश्रमिकमा पनि त प्रश्न उठिरहेको छ नी ?

 -पारिश्रमिकको कुरा त हामीहरुले उहाँहरुलाई सोध्ने हो नी त, कति हो तपाईहरुको ? भनेर । हामीलाई त यति लिन्छन् भन्ने त थाहा हुँदैनन नी । खास कुरा त के हो भने नेपाली कलाकार भनेको देशको गहना हो ।

हामीहरुले उहाँहरुलाई प्राथमिकता दिन्छौ अनि उहाँहरुको पनि त आफ्नो व्यस्तता छ, त्यही भएर पनि म्यानेज गर्न अलिकति गाह्रो हो । तर उहाँहरले समय मिलाउँछन् । हामीलाई पनि समय मिलाउँछौँ भनेका छन् ।

४ नायिकाहरुले शो भन्दा पनि हिन्दी गित र कोरस भएर नाच्न अस्वीकार गरेका हुन् भनेर बुझ्नुपर्यो हैन त ?

 -हो, सलमान खानसँग हामी नाच्दैनौ हामीले आफ्नो पर्फम दिन्छौ भनेर भनेका छन् ।

बलिउड, हलिउड र नेपाली कलाकार सबैको सँगै प्रस्तुति पाउनु भनेको पनि ठूलो कुरा हो नी । हलिउडको स्टारहरु आएर पनि भारतमा नाचिरहेको हुन्छ । तर उहाँहरुले हुँदैन भनेपछि ठिकै छ भन्ने भयो ।

५ यसको विकल्प के हुन्छ, सलमान खानको प्रतिकृया के आयो ?

 -विकल्पमा उहाँहरु (सलमान खानको टिम) ले उतैबाट ल्याउँदै हुनुहुन्छ । उहाँहरुले आफै यसको म्यानेज गर्नुहुन्छ । अनि यता हाम्रो अरु नेपाली कलाकारहरुसँग कुरा भएको छ । यहाबाट पनि केही प्रस्तुति हुन्छ ।

सलमानले के भन्यो भन्दा पनि हामीले कार्यक्रम कसरी म्यानेज गर्ने भन्ने हुन्छ । अनि मैले सलमानसँग भन्दा पनि उसको म्यानेजरसँग कोर्डिनेट गर्ने हो । उहाँले चाँही यो कुरा सुनेपछि ‘नो प्रोब्लम हामी आफै म्यानेज गर्छौ’ भनेका छन् ।

Logo