क्या. दावा जाङबु शेर्पा । "/>

एनएसी उकास्ने ६ उपाय

एनएसी उकास्ने ६ उपाय

केन्द्रबिन्दु
0
Shares

 


क्या. दावा जाङबु शेर्पा ।
ध्वजाबाहक भएकाले हाम्रो परिचय बोकेर उड्ने गर्छ, यो एयर (नेपाल एयरलायन्स् कर्पोरेशन) । यसको असफलतामा देशको बेइजती लुकेको छ । एउटा एयरलायन्स् चलाउने विज्ञहरूसमेत सरकारले राख्न सकेको देखिन्न । यो लाजमर्दो पक्ष हो ।

एनएसी (नेपाल वायुसेवा निगम) को वार्षिक घाटा सरदर एक अर्व छ । विगतमा यहाँ एक दर्जन भन्दा बढी ठूलाठूला भ्रष्टाचारका काण्ड भएका छन् । चाइना साउथ वेष्ट काण्डमा भएको २० करोड घाटा होस् वा जहाज भाडामा ल्याउँदा भएको १७ करोड घाटा नै किन नहोस् एनएससीलाई यसले ढाड भाँचिनेगरी धक्का दिएको छ । धमिजा र लाउडा काण्डमा मात्र ७५ करोडभन्दा बढी भ्रष्टाचार भएको प्रतिवेदननै आएको छ । विडम्बनानै भन्नु पर्छ अहिलेसम्म सही रुपमा कसैलाई कार्वाही नै भएको छैन । भ्रष्टहरुलाई उन्मुक्ति मिल्दा अराजकता सृजना हुनु अस्वभाविक पनि होइन ।

यो एयरलायन्स्भन्दा धेरै पछि आएका विश्वका र नेपालका अन्य एयर लायरलायन्स्हरूको प्रगति तारिफयोग्य छ । कुनैबेला सानाठूला गरी २० वटा जाहाज भएको एनएसीसँग हाल दुईवटा अन्र्तराष्ट्रिय र दुईवटा साना स्वदेशमा उड्ने जहाज छन् । यीमध्ये धेरैजसो समय–समयमा बिग्रिरहन्छन् । विदेशीले दिएका जाहाज पनि उडाउने सामर्थ हामीसँग हुँदैन । अर्थात संसार कहाँवाट कहाँ पुगिसक्यो तर हाम्रा प्राविधिकहरु उही ‘राइटब्रदर्श’का पालाका जस्ता छन् । समय अनुसार ‘अपडेट’ गर्न नसक्नु हाम्रो ठूलो भूल हो ।
६० प्रतिशतभन्दा बढी यात्रु कहिल्यै भरिन्नन् । यसले के स्पष्ट पार्छ भने हाम्रो, सेवा र मार्केटिङ ध्वस्त छ । तर अझै ढिला भएको छैन । यसलाई विकास गरेर लान सकिन्छ ।

यसरी उकास्ने
१. राजनीतिक नियुक्ति लगायतका व्यवस्था बन्द गर्नुपर्छ र लिखित योजनाको आधारमा प्रोफेसनल (ब्यवसायिक) मान्छेलाई जिम्मेवारी दिनुपर्छ ।

. समस्या पैसाको होइन, व्यवस्थापनको भएकाले यसैमा कडाइ गर्नुपर्छ । अनुशासन उल्लङ्घन गर्नेलाई कडा कार्वाहीको व्यवस्था गर्नुपर्छ ।

. गोल्डेन हेण्डसेकको नीति लिएर ‘ओभर स्टाफिङ’ समस्याबाट मुक्त हुनुपर्छ ।
. जाहाज किन्ने प्रक्रिया सरल तर पारदर्शी बनाउनुपर्छ ।
. देशभरि रहेको एनएससीको सम्पत्तिलाई सही सदुपयोगमा ल्याउनु पर्छ ।
. सरकारी अनुदान बन्द गर्नुपर्छ ।
. एनएसीको जग, सोच, विज्ञता र तयारी बोइङ्मा भएकाले त्यसै मुताविकको जहाज खरिद गर्नुपर्छ ।
. जहाजप्रतिको विश्वसनीयता र प्रचार तिब्र पार्नुपर्छ ।

यस्तो सोच सरकारमा आएको खण्डमा एनएसीलाई माया गर्ने विज्ञहरू आउने छन् । र, हात थाप्ने छन् । गिरेको साख उठाउने यो नै उपयुक्त उपाय हुनसक्छ ।
(शेर्पा माउन्टेन हेलिकप्टर प्रा. लि.का अध्यक्ष हुन् ।)

Logo