तपाईं मर्नु हुन्न, फोटोकपी मात्र नष्ट भई ‘इनर्जी’मा बदलिन्छन्

तपाईं मर्नु हुन्न, फोटोकपी मात्र नष्ट भई ‘इनर्जी’मा बदलिन्छन्


तीस वर्षअघि मरिसकेको एउटा प्राणीको कोषिकाबाट विज्ञानले त्यस प्राणीको नयाँ रुप –अवतार  बनाउनसक्ने सफलता पाएको  छ । कुरा अमेरिकाको हो । १० डिसेम्बर, सन् २०२० मा एउटा ‘ब्ल्याक फुटेड फेरेट’ खरायो जस्तै एउटा अन्य प्राणी जन्माइयो अमेरिकामा । जन्माइयो नै भन्नुपर्छ किनकी  यस प्राणीको जन्म प्रवृत्तिगत रूपले भएको थिएन ।

१० डिसेम्बर, सन् २०२० मा जन्मिएको यो  फेरेटले ३० वर्षअघि मरिसकेको यसको पूर्ववर्ती  फेरेटको कोषिकाबाटै नयाँ स्व?प लिएको थियो । नयाँ जन्मिएको फेरेटलाई  यसको पूर्ववर्ती  फेरेट अर्थात ‘पेरेन्ट’  फेरेटको कोषिकाबाट ‘क्लोनिङ’ गरी बनाइएको थियो ।  ‘क्लोनिङ’बाट बनाइएका/जन्माइएका नयाँ  शिशुलाई पुरानै  प्राणीको नयाँ अवतार भन्ने कि नयाँ प्राणीको उत्पत्ति ? यसबारे विज्ञानसँग अहिलेसम्म केही स्पष्ट मान्यता उपलब्ध  भइसकेको छैन ।  

’क्लोनिङ’बाट जन्माइएको यस फेरेटको नाम  एलिजाबेथ एन राखिएको छ ।  ३० वर्षअघि मरिसकेको फेरेटको कोषिकाबाट एलिजाबेथ एन नामक फेरेटको जन्म गराउन  ‘सरोगेट मदर’लाई  प्रयोग गरिएको थियो ।  ३० वर्षअघि मरेको फेरेट ’विला’ का शारीरिक अवशेष सन् १०८८ मा सुरक्षित राखिएको  थियो । यो ’डिएनए’ प्रविधिको प्रारम्भिक काल थियो । वैज्ञानिकले अहिले आएर ‘विला’को शारीरिक अवशेषबाट भ्रुण तयार पारी ‘सरोगेट मदर’मा प्रत्यारोपित गरेका थिए । यसपटक वैज्ञानिकले त्यही प्रजातिको ‘सरोगेट मदर’ प्रयोग नगरी अन्य प्रजातिको ’सरोगेट मदर’ को सहायता लिएका  थिए ।

एलिजाबेथ एन नामक ’क्लोन’बाट तयार पारिएको फेरेट नयाँ प्राणी हो कि  ३० वर्षअघि मरिसकेको ‘विला’ नामक फेरेटको नयाँ रूप अवतार  हो ?  विज्ञानसँग यस जिज्ञासाको उत्तर छैन । र, आजै ढुक्क हुनुस् विज्ञानले यस जिज्ञासाको समाधान पृथ्वी रहेसम्म गर्न सक्दैन ।

विज्ञानसँग अब यस्तो प्रविधि उपलब्ध भएको  छ, जसले कसैलाई पनि  यो प्रथ्वी रहेसम्म जीवित राख्न सक्छ । आउने केही वर्षमा विज्ञानले तपाईंको सारा बुद्धि– स्मृति–ज्ञानलाई  एउटा ‘चिप’मा डाउनलोड  गर्ने प्रविधि विकास गर्छ र, ती ’चिप’ लाई  ‘प्रिजर्भ’ गरेर तपाईंको संरक्षित राखिएको ‘डिएनए’बाट नयाँ रूप बनाई  तपाईंलाई पुनः प्रथ्वीमा  उपस्थित गराइदिन्छ  । यसरी तपाईं नयाँ अवतारमा आउँदा  तपाईंसँग तपाईंका सारा ‘जेनेटिक मटेरियल’ मात्रै ठ्याक्क मिल्ने हुँदैन, तपाईंको सारा ‘साइकिक पावर’ (बुद्धि स्मृति )  पनि दुरुस्त तपाईंकोझै हुनेछ ।

विज्ञानसँग अब यस्तो प्रविधि उपलब्ध भएको  छ, जसले कसैलाई पनि  यो प्रथ्वी रहेसम्म जीवित राख्न सक्छ । आउने केही वर्षमा विज्ञानले तपाईंको सारा बुद्धि– स्मृति–ज्ञानलाई  एउटा ‘चिप’मा डाउनलोड  गर्ने प्रविधि विकास गर्छ । 

‘डिएनए’ र ‘क्लोनिङ’ प्रविधिबारे तपाईंले अलि–अलि सुनी सक्नुभएको होला ।  अर्थात् यस विधिबाट तपाईंंको एउटा कोषिकाबाटै दुरुस्त तपाईंको फोटोकपी बनाउन सकिन्छ ।  पहिलो ‘क्लोनिङ’ बाट बनेको भेडा डलीको कथा तपाईंलाई स्मरण नै होला  । यस प्रविधिबाट जस्ताको त्यस्तै शरीर बनाउने सफलता विज्ञानले हात पारिसकेको छ ।  तपाईं आफ्नो ‘एक होइन, मन लागेजति फोटोकपी’ बनाउन सक्नुहुन्छ  । तर, अहिलेसम्म तपाईंको मूल कपीमा रहेजस्तै ट्यालेन्ट, बुद्धि, स्मृति र मानसिक क्षमता यसरी बनाइएका नयाँ  फोटोकपीमा  ’ट्रान्सफर’ गर्ने क्षमता उपलब्ध छैन विज्ञानसँग ।

के तपाईंलाई थाहा छ? विश्वका शीर्षतम धनाढ्य एलन मस्कको एउटा कम्पनी दिनरात यसै कामका लागि लागिपरेको छ । ‘न्युरा लिंक’ नामक यस कम्पनीले प्रारम्भिक सफलता पनि पाइसकेको छ । कम्पनीले अमेरिकी सरकारसँग यस नयाँ प्रविधिको परीक्षण गर्ने अनुमतिका लागि निवेदन पनि दिइसकेको छ । अहिले यस कम्पनीले व्यक्तिको मस्तिष्कमा शल्यक्रिया  गरी एउटा चिप राख्छ । यसरी ’चिप’ प्रत्यारोपण गरिसकेपछि व्यक्तिले अनेकौ काम शरीरको सहायता नलिई  मस्तिष्कको आदेशले मात्रै गर्न सक्छ । उसले हेर्नसाथ उसका अनेकौ काम ’इलेक्ट्रानिक डिभाइस’ले स्वतः गर्छन् । ‘कम्प्युटर स्टार्ट’ हुन्छ, मोबाइल फोनले ‘स्टार्ट’ भई काम गर्न थाल्छ ।  सोचेकै भरमा मोबाइलले ‘कल’ गर्छ, ’म्यासेज रिप्लाइ’ गर्छ । यसलाई अब ’साइन्स फेन्टासी’ नसम्झिनुस् ।  प्रायोगिक रूपमा यो प्रविधि विकसित भइसकेको छ । यसै वर्षभित्र अमेरिकामा यसको परीक्षण सम्पन्न हुने दिशामा तीव्रतासाथ काम भइरहेको छ ।

एलन मस्क र उनको कम्पनी ‘न्युरा लिंक’का ‘इन्भेन्टर’हरुलाई विश्वास छ–आउने ४–५ वर्षभित्र नै उनीहरूले यस्तो प्रविधि विकसित गर्ने सफलता पाउँछन्, जसले व्यक्तिको मस्तिष्कमा रहेको सारा ‘सफ्टवेयर’लाई  एउटा ’चिप’मा ’डाउनलोड’ गरी अर्को मस्तिष्कमा ’ट्रान्सफर’ गर्न सकिन्छ  । यो सफलता पाउनसाथ  कुनै पनि व्यक्तिले आफ्ना अनेकौं प्रतिरुप बनाउन सक्छ । र, मानी लिऊँ तपाईंले  आफ्ना केही प्रति?प बनाउनु भयो । अब मूलकपी अथवा कुनै प्रति?प कुनै दुर्घटनामा परी मर्‍यो भने  त्यों कसको मृत्यु हो ? तपाईंको वा फोटोकपीको ?

योगीजन–ज्ञानीजनले सदादेखि मृत्यु भन्ने केही कुरा हुन्न भन्दै आएका छन ।  तर, अहिलेसम्म हामीले आफ्नो चारैतिर मृत्यु घटित भएको हेर्दै आएका छौं । शायद अब हामी छिट्टै नै हामी योगीहरुले वर्णन गरेको ‘टर्म एन्ड कन्डिसन’  मृत्यु भन्ने केही हुन्न भन्ने महावाक्यको रहस्य  बुझ्ने चरणमा प्रवेश गर्न गइरहेका छौं  ।

के तपाईं आफ्ना खिचिएका तमाम फोटोमध्ये कुनै फोटो नष्ट हुँदा त्यसलाई मृत्युको संज्ञा दिनु हुन्छ ? कंप्युटर अथवा मोबाइलमा रहेको इलेक्ट्रोनिक कपीले तपाईं त्यही फोटोको अनन्त फोटो बनाउन सक्नुहुन्छ । अनि के नष्ट भयो ? भोलि यही प्रश्न तपाईंको प्रतिकृति अथवा मूलकपी  (मूल भन्ने प्रासंगिकता नै बाहियात भएन र ?) को मृत्यु हुँदा पनि सान्दर्भिक हुन्न र ? को मर्‍यो, के नष्ट भयो ? तपाईंलाई एउटा रहस्य भनौं, सुन्नुहुन्छ, सुनेर पनि केही बुझ्न सक्नुहुन्छ । हुन त यसबारे चर्चा नगरेकै राम्रो, किनकी म ९९.९९९ प्रतिशत विश्वस्त छु कि  ९९.९९९ प्रतिशत मानिसले यो बुझ्दैनन्  ।

तपाईंले आफ्ना २ वटा प्रतिकृति बनाएर जीवन बिताइ राख्नुभएको छ ।  मानी लिऊँ तपाईंका चारवटा प्रतिकृति ‘प्लेन क्रयास’मा परे ।  तपाईलाई के बाधा, के नोक्सान, के दुःख, के पीडा, के सम्वेदना ! तपाईले कसको मुक्तिका लागि, कसको शुद्धिका लागि, कसको उन्नति–आरोहणका लागि  कुन प्रकारको के संस्कार–परम्परा निर्वाह गर्ने? कुन यज्ञ–अनुष्ठान–विधि विधान आयोजना गर्ने?

यो भनेको अहिलेको अवस्थामा तपाईंका ‘प्रिन्टेड’ फोटो नष्ट भएसरहकै घटना मात्रै हुन्न तपाईंका लागि!
‘ईश्वर अंश जीव अविनाशी’  ।  'Energy is the main creater of this whole universe= We all are made from star dust. And  what is star dust ? That is simply pure Energy'  बारे तात्विक रूपले बुझ्ने क्षमता  स्टीफन हकिन्ससँग त हुन्न । पण्डितले  केही नबुझी वेद वचन ‘रिपीट’ गरेझैं हकिन्स पनि  जीवनभरि ’तातोभुत्लो’ केही नबुझी दोहोर्‍याइ राख्छ ’द होल युनिभर्स इज मेनिफेस्टेसन अफ एनर्जी ।’ पण्डित पनि सुगा हो, हकिन्स प्रवृत्तिका वैज्ञानिक पनि पण्डित कोटीकै सुगा हुन् ।

खैर छाडौं यो प्रसंग  कुरा बुझे पनि त्यही हो, नबुझे पनि त्यही नै हुन्छ परिणाम ।  अनि परिणाम के ?  फगत ‘राउन्ड राउन्ड राउन्ड स्टप’ !  ‘राउन्ड’ पूरा नहुन्जेल बनिरहेको / बन्दै गरेको  संरचनालाई बिन्दु, कोमा,  रेखा, कोष्ठ, कोष्ठक, अर्धवृत्त आदि जे  नाम दिँदा अथवा जेजस्तो मन लागे त्यही संज्ञा प्रदान गर्ने सुविधा र अवसर दुबै उपलब्ध हुन्छन्, सबैका लागि, होइन र ?  

ममा बुझाउने क्षमता छैन ।   तपाईंले आफै बुझ्न नचाहेसम्म साक्षात परमेश्वरसँग पनि तपाईंलाई बुझाउने क्षमता छैन ।  परमेश्वरसँग क्षमता छैन भन्नुको अर्थ भने तपाईंलाई बुझाइ दिन्छु–’परमेश्वरले, परमेश्वर सरहको, अर्को परमेश्वर’ (जसले आफूलाई ’इन्डीभिजुअल इन्टिटी’ सम्झिरहेछ) अर्थात् तपाईंलाई केही उपायले बुझाउन सक्दैन । कारण तपाईं पनि परमेश्वरीय क्षमताले नबुझ्ने अडान जे लिई हिँडिराख्नु भएको छ । कृष्ण भन्दैनन् गीतामा–  कवि अर्थात ऋषीह?मा म  शुक्राचार्य हुँ –

वृष्णीनां वासुदेवः अस्मि पाण्डवानां धनञ्जयः ,
मुनीनां अपि अहं व्यासः कवीनां उष्ण कविः अध्याय १० श्लोक ३७ । ।
अनि फेरि –
अहम् आत्मा गुडाकेश सर्वभूताशयस्थितः,
अहम् आदिः च मध्यम् च भूतानाम् अन्तः एव च । १०–४२  । ।
अथवा बहुना एतेन किम् ज्ञातेन् तव अर्जुन,
विष्टभ्य अहम् इदम्कृत्स्न्नम् एकांशेन स्थितः जगत् । १०–४२  । ।

संसारमा जे छ, सब कृष्णमय छ । अब कृष्णलाई तपाईं यदि व्यक्तिवाची संज्ञाका रूपमा मात्रै हेर्नुहुन्छ  । कृष्ण ऊर्जा (डार्क एनर्जी ), कृष्ण पदार्थ ( डार्क म्याटर ), कृष्ण विवर (ब्ल्याक होल) लाई  ‘सुगारटन्त’ झै मात्रै ग्रहण गर्नुहुन्छ भने कृष्ण साक्षात दुर्योधनका सामु बारम्बार आउँदा पनि के नै घटित भएको थियो भन्ने  स्मरण गरी चित्त बुझाउनुस् ।  र, बुझ्नै लालसा भए एउटै ग्रन्थ पर्याप्त छ– भगवत्गीता   ।  त्यसका पनि एउटै अध्याय पर्याप्त छ ।  

 गीता मे हृदयं पार्थ गीता मे सारमुत्तमम् ।
गीता मे ज्ञानमत्युग्रं गीता मे ज्ञानमव्ययम् । ।
गीता मे चोत्तमं स्थानं गीता मे परमं पदम् ।
गीता मे परमं गुह्यं गीता मे परमो गुरु : । । भगवान श्रीकृष्ण
र महर्षि व्यास भन्नु हुन्छ –
गीता सुगीता कर्तव्या किमन्यैः शास्त्रविस्तरैः ।
या स्वयं पद्मनाभस्य मुखपद्माद्विनिःसृता । ।
इति नमस्कारान्ते ।

Logo