सिजीले नयाँ मोडलका फ्रिजहरु बजारमा ल्याएको छ ।
सिङगल डोरमा २५ वटा भन्दा बढी मोडलका फ्रिजहरु बजारमा ल्याएको हो । यि फ्रिजहरुमा ५ वर्ष सम्मको वारेण्टी रहेको कम्पनीले जनाएको छ । यि फ्रिजमा पावरफुल कम्प्रेसर, सुपर कुइक आइस, ग्रिप ह्न्डल जडान गरिएका छन् ।
डबल डोरको फ्रिज भित्रको चिसो पानी फ्रिजको ढोका नखोलिकनै लिन सकिने छ । यीनमा कुईक फ्रिजिङ, ए प्लस इनर्जिङ लेवल, डिजिटल कन्ट्रोल, ४ डि फ्रिजिङ जस्ता विशेषताहरु समावेश छन् ।
सिजीले साईड बाई साईड र मल्टिडोर युक्त फ्रिजहरु पनि ल्याएको छ । यी फ्रिजमा १० वर्ष सम्मको वारेण्टी रहेको जनाएको छ ।
प्रकाशित: १७ साउन २०७६ १७:१९ शुक्रबार