४ जेठ २०७९ बुधबार
1
1
1
1

0 Shares

मल्टिटास्किङमा पुरुषभन्दा महिला उत्कृष्ट हुन्छन् त ?

1
1
1
1
1
1

लामो समयदेखि के मानिँदै आइएको थियो भने मल्टिटास्किङमा महिलाहरू पुरुषभन्दा उत्कृष्ट हुन्छन् । तर एक जर्मन विश्वविद्यालयमा हालसालै गरिएको एउटा अध्ययनले यो सत्य होइन भन्ने कुरा प्रमाणित गरेको छ ।

जर्मनीको आखिन विश्वविद्यालय ४८ जना महिला र ४८ जना पुरुषमाथि गरेको आफ्नो अनुसन्धानबाट यो निष्कर्षमा पुगेको हो । यो अनुसन्धान प्रोफेसर प्याट्रिसिया हिर्सको नेतृत्वमा भएको थियो । उनका अनुसार महिला हुन् वा पुरुष, उनीहरूले एकैपटक दुईवटा काम गरे भने कामको गति सुस्त हुन्छ । अनुसन्धानमा संख्यार अक्षरहरूको प्रयोग गरिएको थियो ।

अनुसन्धाताहरूको भनाइमा यो मामिलामा लिंगले कुनै फरक पारेन । जब कि उनीहरूले नै यसअघि भएका अनुसन्धानमा फरक फरक नतिजा आएको बताए । केही अनुसन्धानमा महलिाहरूले राम्रो गरे भने केहीमा पुरुषले । यस्तै खालका पहिलेका कतिपय अनुसन्धानमा समान परिणाम देखा परेका थिए ।

आखन विश्वविद्यालयमा यो शोध गर्ने टिमको भनाइमा यस्तो प्रकारको काम तयार गरिएको थिए जसले फरक फरक लिंगको भिन्नता देखाउन सक्थ्यो । उनीहरूका अनुसार कुनै त्यस्तो एक मात्र प्रयोग हुनसक्दैन जसले मल्टिटास्किङ र त्यसका लागि आवश्यक दक्षता परख गर्न सकोस् । अनुसन्धानमा समावेश गराइएका मानिसलाई स्क्रिनमा देखा परेका वर्णहरूमध्येबाट स्वर तथा व्यञ्जन वर्ण याद राख्न भनिएको थियो । यसैगरी संख्याको सन्दर्भमा सम र विषम संख्या याद गर्न भनिएको थियो ।

केही परीक्षणहरूमा महिला र पुरुषलाई एकै समयमा काम पूरा गर्न भनियो भने अन्य परीक्षणमा उनीहरूलाई छिटोसँग एउटा काम पूरा गरी अर्को काम सुरु गर्न भनियो । अनुसन्धानमा संलग्न टिमको भनाइ छ, ‘हाम्रो निष्कर्षले यो पूर्वाग्रहको पुष्टि गर्दैन कि महिलाहरू मल्टिटास्किङमा पुरुषभन्दा उत्कृष्ट हुन्छन् । कम्तीमा पनि ती परीक्षणमा यस्तो देखिएन जुन उनीहरूका लागि चुनौतीका हिसाबले आदर्श थिए ।’

हिर्सले हरेक दिनका हिसाबले तीन श्रेणी तयार गरेकी थिइन्– पहिलो कामकाजको सम्झना अपडेट गर्नु, अर्को एउटा कामबाट अर्को काममा जानु र तेस्रो बेकारका जानकारीहरू छानेर हटाउनु ।

प्रकाशित: २ भदौ २०७६ १६:१२ सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी