६ वर्ष जेल बसेर फर्किए, थुनामुक्त भएको ६ महिना नबित्दै पेस्तोलसहित फेरि पक्राउ

६ वर्ष जेल बसेर फर्किए, थुनामुक्त भएको ६ महिना नबित्दै पेस्तोलसहित फेरि पक्राउ

केन्द्रबिन्दु
0
Shares

नुवाकोट लिपु गाउँपालिका-१ का अमर तामाङ डाँका मुद्दामा ६ वर्ष २ महिना कैद सजाय भुक्तान गरि गत फागुन १२ गते मात्रै थुनामुक्त भएका थिए ।

थुनामुक्त भएको ६ महिना नबित्दै उनै तामाङ् आज फेरि पक्राउ परेका छन् । उनीसहित नुवाकोट शिखरबेंसी-६ बस्ने वर्ष २७ को विकास पण्डित पनि पक्राउ परेका छन् ।  उनीहरूलाई आज माछापोखरीबाट दुई थान पेस्तोल र दश राउण्ड गोलीसहित पक्राउ गरेको हो ।

पण्डितबाट प्रहरीले मेड इन युएसए लेखेको दुई थान पेस्तोल र १० राउण्ड गोली बरामद गरेको हो। उनलाई सोधपुछ गर्दा हतियार ओसार पसार गराउन लगाउने तामाङ रहेको खुलेको अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए । तामाङलाई महाशाखाको टोलीले नुवाकोटस्थित घरबाट पक्राउ गरिएको थियो ।

उनीहरूमाथि थप अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर, टेकु पठाइएको छ । यस घटनामा संलग्न अन्यको प्रहरीले खोजी गरिरहेको छ।

Logo