कुन कुन हुन् संक्रमित शुन्य रहेका नेपालका ४ जिल्ला ?

कुन कुन हुन् संक्रमित शुन्य रहेका नेपालका ४ जिल्ला ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा ४ जिल्ला कोरोना संक्रमणमुक्त भएका छन् । सबै जिल्लामा संक्रमित देखिएका भए पनि अहिले संक्रमित शुन्य भएका ४ जिल्लामा मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला रहेका छन् ।

नेपालमा थप ४६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा शनिबार आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

उनले भने, “गत २४ घण्टामा देशभरिको प्रयोगशालामा ११ हजार ४४७ नमूना परीक्षण गर्दा ४६८ जनामा कोरोना देखिएको छ”, यससँगै कोरोना सङ्क्रमितको सङ्ख्या २६ हजार १९ पुगेको छ ।” उनका अनुसार हालसम्म १७ हजार २०१ जना उपचारपछि निको भएर घर फर्केका छन् ।

मन्त्रालयका अनुसार हालसम्म पाँच लाख पाँच हजार ६६० जनाको पिसीआर परीक्षण गरिएको छ । प्रवक्ता डा गौतमले पछिल्लो समयमा कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि खटिएका चिकित्सक र नर्सहरुमा समेत कोभिड–१९ सङ्क्रमण देखिएको र उनीहरुमाथि दुर्व्यवहार भएको समाचार प्राप्त भएको भन्दै दुर्व्यवहार नगर्न सबैमा आग्रह गरे।

थप तीनको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कपिलवस्तु, पर्सा र धनुषा जिल्लाका एक÷एक गरी तीन जनाको मृत्यु भएको हो । यो सँगै मृतकको सङ्ख्या १०२ पुगेको छ । तीमध्ये ८० पुरुष र २२ महिला रहेको प्रवक्ता डा गौतमले जानकारी दिए ।

Logo