सिन्धुपाल्चोकमा भिषण पहिरो : जुगल गाउँपालिकाका १३ घर पुरिए, १५ जना घाइते

सिन्धुपाल्चोकमा भिषण पहिरो : जुगल गाउँपालिकाका १३ घर पुरिए, १५ जना घाइते

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक ।

अविरल वर्षाको कारण जुगल गाउँपालिका–२ लिदिमा आज बिहान ६ बजे भीषण पहिरो गएको छ । लिदी गाउँका १३ घर पुरिएको र केही थप घर जोखिममा रहेको जानकारी प्राप्त भएको गाउँपालिका उपाध्यक्ष श्रृजना तामाङले जानकारी दिइन् ।

पहिरोले लामा गाउँ पुरिँदा १३ घरमा पूरै क्षति भएको, १५ जना घाइते आफैँ निस्किएको, उद्धार गर्न जान सक्ने अवस्था नरहेको स्थानीय आशबहादुर तामाङले जानकारी दिए । पुरिएका पाँच घरका सबै सम्पर्कविहीन रहेको कति जना पुरिए भन्ने अझै खुल्न बाँकी रहेको तामाङले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले घटनास्थलमा सेना र प्रहरीलाई पठाएको जानकारी दिए। जनप्रतिनिधि एवं पार्टी नेतृत्वको टोली हेलिकप्टरसहित उद्धारमा जाँदै गरेको वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले बताए।रासस

Logo