काठमाडौँ उपत्यकामा थप १३८ जना संक्रमित, कुल संक्रमित १५ सय नजिक

काठमाडौँ उपत्यकामा थप १३८ जना संक्रमित, कुल संक्रमित १५ सय नजिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ उपत्यकामा आज बुधबार १३८ जना संक्रमित थपिएका छन् ।

आज काठमाडौँमा १०९ जना, ललितपुरमा २१ र भक्तपुरमा ८ जना थपिएका हुन् । यो सँगै कुल संक्रमितको संख्या एक हजार ४५२ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । आज ४८४ जना थपिएका छन् । आजसम्म सक्रिय संक्रमितको संख्या ७,६१३ छ । आज १० हजार ४८१ को परिक्षण गरिएको थियो ।

यस्तै निको हुनेको संख्या १६ हजार ७२८ पुगेको छ । आज ६४ जना निको भएका छन् ।

हालसम्म ४ लाख ७३ हजार १७९ को परिक्षण गरिएको छ ।

Logo