काठमाडौं । कोरोना भाइरसबाट गएको २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा गरी थप ८ जना कोरोना संक्रमितको मुत्यु भएको छ । उपत्यकाभित्र मात्रै चार जनाको मुत्यु भएको छ । जस अनुसार ललितपुरमा चार जना मोरङ, रुपन्देही, सप्तरी र महोत्तरीमा एक/एक जनाको मृत्यु भएको छ ।
ललितपुरको किस्ट अस्पतालको आईसीयूमा उपचाररत बाराको कलैया घर भएका ७५ वर्षीय पुरुष र टेकुकी ७८ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिएका छन् । उनीहरुले त्रिवि शिक्षण अस्पतालमा भेन्टिलेटर नपाएपछि उपचारका लागि किस्टमा ल्याएपछि उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । मुत्यु हुने महिलालाई उच्च ज्वरो, पखाला र वान्ताको समस्या देखिएको थियो भने ७७ वर्षीय पुरुषमा दम तथा मुटु रोगी थिए।
यस्तै, पाटन अस्पतालमा उपचाररत जनकपुरकी ३८ वर्षीया महिला र मेडिसिटी अस्पतालमा उपचाररत जनकपुरकै ७१ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । यसरी उपत्यकाका तीन अस्पतालमा मात्रै चार जनाको मुत्यु भएको छ ।
यस्तै, बुटवलको कोरोना विशेष अस्पतालमा कपिलवस्तु नगरपालिका २ तौलिहवाका ४२ वर्षीय र कपिलवस्तु कृष्णनगरका २५ वर्षीय दुई पुरुषको उपचारको क्रममा मङ्गलबार राति मृत्यु भएको अस्पतालका फोकल पर्सन डाक्टर सुर्दशन थापाले जानकारी दिएका छन् । ज्यान गुमाएका ४२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । उनमा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या रहेको थियो ।
यस्तै, सुनसरीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा मोरङको बूढीगङ्गा गाउँपालिका २ का ५५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । यस्तै सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ छातापुर घर भइ राजविराज नगरपालिका ६ मा बस्दै आएका ८० वर्षीय वृद्धको पनि मृत्यु भएको छ । उनको मृत्युपछि कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
त्यस्तै, महोत्तरीमा पनि कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । बुधबार मठिहानी नगरपालिका वार्ड नम्बर ६ बस्ने एक जना ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । मधुमेह र फोक्सोका रोगी रहेका उक्त पुरुषको उपचारको क्रममा २ दिन पहिला जनकपुरको जानकी हेल्थ केयरमा मृत्यु भएको थियो ।
उपचारकै क्रममा उनको स्वाब लिइ परीक्षणको लागि प्रयोगशालामा पठाएको थियो । हिजो मङ्गलबार महोत्तरीमा ११ जना संक्रमीत मध्य उनिमा समेत कोरोना रिपोर्ट पोजेटिभ आएको छ । यससङ्गै महोत्तरीमा मृतकको संख्या २ जना पुगेको छ । कोरोना भाइरस सङक्रमणबाट नेपालमा मुत्यु हुने संख्या ९१ जना पगेको छ ।





























प्रतिक्रिया