1

0 Shares

महरा काण्ड: रोशनी दम्पत्तीको सम्बन्ध विच्छेद

1
1
1

तत्कालिन सभामुख कृष्ण बहादुर महरालाई बलात्कारको आरोप लगाएकी रोशनी शाही दम्पतीको सम्बन्ध विच्छेद भएको छ।

शाहीकी श्रीमान चित्रजंग शाहीले आफूहरुबीच सम्बन्ध विच्छेद भएको सूचना सार्वजनिक गरेका हुन् । उनले दुवै जनाले हस्ताक्षर गरेको सूचना फेसबुकमा सार्वजनिक गर्दै लेखेका छन्, ‘हामी २८ बर्षसम्म संग संगै दिन बितायैां र समयको गति संगै अलग हुने निर्णायमा पुगैका छाै । धन्यवाद शुभचिन्तकहरूमा ।’

‘प्रीय जनहरु, थुप्रै उतार चढावका बीच वितेका हाम्रा साथसाथ २८ वर्ष दिनहरु विते । समयको गतिसँगै असहमति असन्तुष्टि आउँदा रहेछन् । तथापि खुशीसाथ अलग बस्ने निर्णय गरेका छौं । कानुनी प्रक्रिया निरन्तरताका साथ’ सम्बन्ध विच्छेद पत्रमा उल्लेख गरिएको छ ।

रोशनीले आफुमाथि बलात्कार भएको आरोप लगाएपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए। यद्यपि शाहीले पछि फेरि महराले केही पनि नगरेको भन्दै बयान फेरेकी थिइन्।

तर, महरा त्यो रात शाहीको डेरामा पुगेको अनुसन्धानबाट पुष्टि भएको छ।

 

प्रकाशित: १६ असोज २०७६ ०९:५७ बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी