काठमाडौं ।
प्रदेश ५ की सांसद कृष्णा केसी (नमूना) लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनले शनिबार राति आफैंले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई संक्रमण भएको जानकारी दिएकी हुन् ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–९ घर भएकी सांसद केसीले आफ्नो नजिक सम्पर्कमा आएकाहरुलाई सेल्फ आइसोलेसनमा बस्न र पीसीआर परीक्षण गराउन आग्रह गरेकी छिन् ।
‘म कोरोना संक्रमणबाट अछुतो रहिनँ, एक हप्ता यता म सँग नजिकको सम्पर्कमा आएकालाई सेल्फ आइसोलेसन तथा पीसीआर जाँच गराउन अनुरोध गर्दछु,’ उनले फेसबुकमा लेखेकी छन् ।

भेरी अस्पताल नेपालगन्जमा शनिबार गरिएको पीसीआर परीक्षणमा उनमा संक्रमण पुष्टि भएको हो ।





























प्रतिक्रिया