स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा बेड, उपकरण र स्वास्थ्यकर्मीको अभाव हुने सम्भावना रहेको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा कोरोना संक्रमित बढ्दै गए अस्पतालले धान्न नसक्ने बताएका हुन् । ‘औषधि र भेन्टिलेटरले उपचारमा सहयोग मात्र गर्ने हो, संक्रमण बढ्दै गएमा हाम्रो अस्पतालले धान्न सक्दैन’ उनले भने, ‘त्यसैले जनस्वास्थ्यको मापदण्ड कडाइका साथ लागु गर्नुपर्यो।’
काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण बढेको भन्दै अप्ठ्यारो परिस्थिति तयार भएको जनाएको छ । उनले कुनै पनि सरकारी, सामुदायिक र निजी कार्यालयहरूमा कुनै पनि बैठक, छलफल वा सेमिनार बन्द गर्न आग्रह गरेका छन् । उनले छलफल गर्नुपरे भर्चुअल विधिबाट गर्न अपिल गरेका छन् ।
काठमाडौं उपत्यकामा ८७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । बितेको २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंमा ७६ भक्तपुरका १ र ललितपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै आज देशभर ३६० जना संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २१ हजार ७५० पुगेको छ ।





























प्रतिक्रिया