मेलम्ची पहिरोमा बेपत्ता भएका ८ जनाकै शव निकालियो

मेलम्ची पहिरोमा बेपत्ता भएका ८ जनाकै शव निकालियो

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकको मेलम्चीमा पहिरोमा परि बेपत्ता भएका ८ जनाको शव पहिरोबाट निकालिएको छ ।

गएराति वर्षासँगै आएको पहिरोमा बेपत्ता ८ जनाको शव आज विहान स्थानियवासी र सुरक्षाकर्मीको प्रयास पछि निकालिएको हो ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ मा पहिरोले निर्माणाधीन कभर्ड हल पुरिँदा ८ जना बेपत्ता भएका थिए ।

वाग्मती प्रदेश सरकारले निर्माण थालेको कभर्ड हल बनाउन खटिएका कामदार बसेको घर पहिरोले पुरिंदा ८ जना बेपत्ता भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । पहिरोमा ९ जना पुरिए पनि १ जनाको भने जिवितै उद्दार गरिएको बताइएको छ ।

सिन्धुपाल्चोकमा यस अघि पनि गएको असार २५ गते बाह्रबीसेमा पहिरोमा परि २२ जना बेपत्ता छन् । ३ जनाको मृत्यु भएको थियो भने फुल्पिंगकट्टीमा ५ जनाको मृत्यु भएको थियो ।

Logo