गुल्मी ।
जिल्लाको रूरूक्षेत्र गाउँपालिका ५ मा गए राति पहिरोमा परि एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
स्थानिय ३० वर्षिया बिना माझी, उनका ९ र ७ वर्षका दुई छोरा र १० महिनाकी छोरीको मृत्यु भएको हो । बिनाका श्रीमान राजु माझी भने रोजगारीको सिलसिलामा भारतमा छन् ।
प्रहरी टोली राति नै घटनास्थल गएको इलाका प्रहरी कार्यालय रिडीले जनाएको छ । घटना राति ८ बजे भएको थियो । हाल शवहरु पहिरोबाट निकालिएको र पोष्टमार्टमका लागि अस्पताल पठाउन लागिएको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया