काठमाडाैं । यातायात व्यवस्था विभागकाे पछिल्लाे कदमकाे विराेधमा टुटल, पठाओ र सरर नेपालमा आवद्ध चालकहरुले मंसिर १५ गते प्रदर्शन गर्ने भएका छन् ।
विभागले ट्याक्सी व्यवसायीकाे प्रलाेभनमा परि मुलुकमै केहि नयाँ काम गरेर जिविकाेपार्जन गर्न लागि परेका यूवाशक्ति विस्थापित गरेर ट्याक्सी व्यवसायीकाे एकाधिकार कायम राख्न खाेजेकाे टुटल, पठाओ र सरर नेपालमा आवद्ध चालकहरुकाे आरोप छ ।
नयाँ र वैज्ञानिक व्यापारको सोचलाई मार्ने गरी विभागले सूचना जारी गरेर आफ्ना चालक, क्याप्टेन र राइडरहरुलाई समातेर ट्राफिक प्रहरीले चिट काट्न थालेको भन्दै विरोध गर्न टुटल, पठाओ र सरर नेपालले प्रदर्शनको मिति नै घोषणा गरेका हुन् ।
यातायात व्यवस्था विभागले गत मंसिर ४ गते सूचना जारी गर्दै निजी मोटरसाइकलबाट यात्रु नबोक्न निर्देशन दिएको थियो। यस अघि पनि गत वर्ष माघमा ट्राफिक प्रहरीले टुटल र पठाओका चालकहरूलाई कारवाही गरेको थियो। तर, प्रधानमन्त्री केपी शर्मा ओलीले टुटल र पठाओलाई सुचारु गर्न निर्देशन दिएपछि पुनः सञ्चालनमा आएको थियो ।
सरकारको पछिल्लो कदमप्रति सर्वसाधारणले भने आपत्ति जनाएको छ। यातायात व्यवसायीको दवावमा सरकारले जनतालाई दुख दिन खोजेको भन्दै विरोध भइरहेको छ।
याे पनि …
ट्याक्सी चालकहरूले घेरा हालेर पठाओ चालक समाते, ट्राफिकले चिट काटे (भिडियो सहित)
प्रकाशित: ८ मंसिर २०७६ १६:०० आइतबार