काठमाडौँको मुख्य सडकमा, त्यसमाथि दिउँसै, अनि ढुंगा देखाएर ठगी !

काठमाडौँको मुख्य सडकमा, त्यसमाथि दिउँसै, अनि ढुंगा देखाएर ठगी !

केन्द्रबिन्दु
0
Shares

ठगीको पनि अनेक तरिका हुँदो रहेछ। शुक्रबार दिउँसो काठमाडौं महानगरपालिका ११ त्रिपुरेश्वरस्थित सडकबाट विभिन्न प्रकारका रंगीन ढुंगाहरु देखाई ठगी गर्न खोजेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौ तारकेश्वर नगरपालिका १० बस्ने खोटाङ जन्तेढुंगा गाउँपालिका ४ घर भएका २१ वर्षीय अर्जुन अधिकारी र काठमाडौं तारकेश्वर नगरपालिका ११ नेपालटार बस्ने नुवाकोट लिखु गाउँपालिका ५ घर भएका ३४ वर्षीय राजेन्द्र विश्वकर्मा रहेका छ्न् ।

सार्वजनिक सडकमा उक्त ढुंगाहरु देखाई सर्वसाधरणलाई ठगी गर्ने उद्देश्यले विक्री वितरणका लागि हिँडिरहेको उजुरीपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo