पूर्वमाओवादी पक्षधरहरूको खुमलटारमा भेला, के पाक्दैछ खुराक ?

पूर्वमाओवादी पक्षधरहरूको खुमलटारमा भेला, के पाक्दैछ खुराक ?

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज आफु निटकटका स्थायी समिति सदस्यहरुसँग पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गरेका छन् । नेकपामा लामो समयदेखि कायम विवादले नयाँ मोड लिने संकेत देखिएपछि अध्यक्ष दाहालको सक्रियता बढेको हो ।

दाहालले आफ्नो निवास निवास खुमलटारमा पूर्व माओवादी पक्षधर सबै स्थायी समिति सदस्यहरुलाई डाकेर छलफल गरेका हुन् । पूर्व माओवादीहरूको यो भेलालाई अर्थपूर्णरूपमा हेरिएको छ ।

पार्टीको विवाद चुलिएसँगै पूर्वमाओवादीका स्थायी समिति सदस्यहरू समेत रनभुल्लमा परेका थिए । उनीहरू मध्ये केही प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा समेत खुलेर बोल्न थालेका थिए ।

शनिवार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आगामी मङ्सिरमा पार्टीको महाधिवेशन गर्ने प्रस्ताव गरेपछि अन्तरविरोध नयाँ मोडतर्फ मोडिएको हो । ओलीको प्रस्तावमा दाहालले समर्थन जनाएसँगै वरिष्ठ नेता माधव नेपाल पक्ष चिढिएका छन् ।

नेता माधव नेपालले दुई नेताले चोसोमोसो मिलाएर केहीपनि नहुने बताउंदै आफू देशब्यापी अभियानतर्फ लाग्ने चेतावनी दिएका थिए । तर आइतबार प्रचण्डले ओलीसँग कुनै सहमति नभएको बरु राष्ट्रपति कार्यालय बोलाएर आफूलाई परिबन्दमा पारिएको बताएका थिए ।

Logo