थपिए १६७ जना नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १७,३४४ पुग्यो

थपिए १६७ जना नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १७,३४४ पुग्यो


काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ । आज १६७ जना थपिएका छन् । बुधबार ११६ जना थपिएका थिए । मंगलबार पनि ११६ जना थपिएका थिए । सोमबार १४४ जना थपिएका थिए । आइतबार ८२ थपिएका थिए । २४ घण्टामा ४ हजार ९८१ जनाको पीसीआर परिक्षण गरिएको छ ।

यस्तै निको हुनेको संख्या ११ हजार २४९ जना पुगेको छ । आज २१३ जना निको भएका छन् । बुधबार ६९७ जना निको भएका थिए । मंगलबार ३४ जना निको भएका थिए । सोमबार १,७०५ जना निको भएका थिए । आइतबार १४७ जना निको भएका थिए । ६४.८५ प्रतिशत संक्रमित निको भएका छन् ।

यस्तै मृत्यु हुनेको संख्या ३९ पुगेको छ । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ४ जिल्ला कोरोना मुक्त भएका छन् ।

Logo