नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १/१ रुपैयाँको दरले मूल्य वृद्धि गरेको हो ।
हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने हाललाई यथावत् नै राखिएको जनाएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०२ रुपैयाँ पर्नेछ, भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ पर्नेछ ।
निगम अनुसार बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । भारतबाट मूल्य बढेर आएकाले नेपालमा पनि समायोजन गरिएको निगमले जनाएको छ ।
सरकारले गत असार १६ गते पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो ।





























प्रतिक्रिया