प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच बालुवाटारमा विशेष वार्ता, स्थायी कमिटी फेरि स्थगित

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच बालुवाटारमा विशेष वार्ता, स्थायी कमिटी फेरि स्थगित

केन्द्रबिन्दु
0
Shares

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच वार्ता सुरू भएको छ ।

अध्यक्षद्वयबीच वार्ता सुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । यसअघि आइतबार प्रधानमन्त्री निवास बालुवाटरमा झण्डै डेढ घण्टा भएको वार्ता सकारात्मक भएको भनिए पनि कुनै निष्कर्षमा पुगेको थिएन ।

नेकपाको आज बस्ने भनिएको स्थायी कमिटी बैठक पुन: स्थगित भएको छ । गत असार २० गते बस्ने भनिएको बैठक दुई अध्यक्षबीच असमझदारी बढेपछि २२ गतेलाई सारिएको थियो ।

त्यसबीचमा दुवै अध्यक्षले पार्टीको समस्यालाई सुल्झाउने प्रयास गरेका थिए । तर अझैपनि पार्टीकका दुवैअध्यक्षबीच समाझदारी कायम नहुँदा बैठक २४ गतेलाई सारिएको नेताहरुले बताएका छन् ।

Logo