प्रधानमन्त्री ओलीसामु रहेका अबका ४ विकल्प (भिडियो रिपोर्ट)

प्रधानमन्त्री ओलीसामु रहेका अबका ४ विकल्प (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

नेकपाको सचिवालयका पाँच जना प्रमुख नेताहरुले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा मागेपछि केपी शर्मा ओली अप्ठ्यारोमा परेका छन् । सरकार हटाउन भारतीय चलखेल भएको भन्दै त्यो चलखेलमा आफ्नै पार्टीका नेताहरुलाई मुछ्न खोजेपछि ओलीमाथि थप संकट चुलिएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल , बरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ सहितले स्थायी कमिटी बैठकमा औपचारिक रुपमै राजिनामा मागेपछिको परिस्थितिमा प्रधानमन्त्री ओलीले अहिले बिहान मन्त्रीहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन् ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग दुई पटक भेट गरी राजनीतिक परामर्श गरेका ओलीको आगामी कदम के होला ? चासोपूर्वक हेरिएको छ । नेकपाभित्रको अहिलेको समिकरण हेर्दा ओलीका लागि अनुकुल खालको अवस्था छैन । तत्कालको स्थितिमा नेकपाभित्रको चर्किएको अन्तर्संघर्ष व्यवस्थापनको विकल्प के हुन सक्छन् ? स्थायी कमिटीको नेताहरुसँगको अनौपचारिक कुराकानीका आधारमा अब सम्भावित चार दृश्यहरु देखिन सक्छन् । के के हुन् त ? प्रस्तुत छ, यिनै विषयमा तयार पारिएको यो भिडियो रिपोर्ट :

Logo