सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालन

सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालन

केन्द्रबिन्दु
0
Shares

पाल्पा ।

बुटवल–पाल्पा सडकखण्डको अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

पाल्पाको तिनाउँ गाउँपालिका–३ माथिल्लो सिद्धबाबा मन्दिर नजीकै सिद्धार्थ राजमार्गमा पहिरो खसेर अवरुद्ध बनेको सो सडकखण्ड बिहानदेखि एकतर्फी सञ्चालनमा आएको ५ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

अविरल वर्षाका कारण माथिबाट खसेको पहिरोले सडक अवरुद्ध बनेको थियो । अवरुद्ध राजमार्ग सञ्चालनमा आएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।

Logo