पाल्पामा पहिरोले गाडी बगाउँदा मृत्यु हुनेको संख्या चार पुग्यो

पाल्पामा पहिरोले गाडी बगाउँदा मृत्यु हुनेको संख्या चार पुग्यो

केन्द्रबिन्दु
0
Shares

पाल्पा ।

तानसेनको सम्मोबारीमा सोमबार पहिराले गाडी बगाउँदा मृत्यु हुने चार जना पुगेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक मदन गिरीका अनुसार सुरक्षाकर्मीको टोलीले खोजतलासका क्रममा झापा शिवसताक्षी नगरपालिका –८ बुद्धचोकका १८ वर्षीय कुमार तामाङको शव भेटिएको हो ।

घटनास्थलमा मृत्यु भएका दुई र उपचारका क्रममा सोमबार राति अस्पतालमा मृत्यु भएका एक जना गरी तीन जनाको शव परीक्षणपछि आफन्तले बुझेका छन् । झापाका तामाङको आफन्तसँग सम्पर्क भएको प्रनानि गिरीले बताए।रासस

Logo