काठमाडौं ।
आज खण्डग्रास सूर्यग्रहण लागेको छ । बिहान १० बजेर ५० मिनेटबाट सुरु भएको सूर्यग्रहण दिउसो २ बजेर २३ मिनेटमा सकिएको हो ।
३ घण्टा ३३ मिनेट अवधिको ग्रहण विश्वका विभिन्न मुलुकबाट देखिएको थियो । नेपालबाट पनि खण्डग्रास सूर्यग्रहण देखिएको थियो । काठमाडौं उपत्यकाबाट ८८ प्रतिशतसम्म सूर्य ढाकिएको देखियो । नेपालको पश्चिमी भूभाग लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट भने सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिएको थियो । दिउसो १२ बजेर ३८ मिनेटमा काठमाडौंबाट करिब ८८ प्रतिशतसम्म सूर्य ढाकिएको थियो ।

सूर्यग्रहण खाली आँखाबाट अथवा टेलिस्कोपको प्रयोग गरेर समेत अवलोकन गर्न हुँदैन । ग्रहण लागेको बेलामा हिमाल आरोहणमा प्रयोग गरिने विशेष खालको चस्माबाट मात्र अवलोकन गर्न सकिन्छ । धार्मिक मान्यता अनुसार सूर्यग्रहण मेष राशि, सिंह राशि, कन्या राशि र मकर राशि भएका मानिसहरुले हेर्न सकने छ भने अन्य राशि भएकाले हेर्दा अशुभ हुने मान्यता छ । तर खगोलविद्हरु भने सूर्यग्रहण कसैले पनि सिधा हेर्न नहुने र सुरक्षित तरिका अपनाएर हेर्न हुने बताउँछन् ।
ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजीकैको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदय लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।





























प्रतिक्रिया