विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने नेकपाको निर्णय (भिडियाेसहित )

विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने नेकपाको निर्णय (भिडियाेसहित )

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

शनिबार सम्पन्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने निर्णय गरेको छ ।

बैठकले वैवाहिक अंगिकृत नागरिकता प्राप्त गर्न विवाह भएको सात बर्ष पूरा भएको र सम्बन्धित देशको नागरिकता परित्यागको प्रक्रिया आरम्भ गरेको प्रमाण प्रस्तुत गर्नुपर्ने व्यवस्था गरी अघि बढाउने निर्णय गरेको हो । हाल नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले बिहे गरे लगत्तै नेपालको अंगीकृत नागरिकता पाउने व्यवस्था छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेपालमा विदेशबाट विवाह गरेर आउने महिलाले स्थायी बसोबास गरेको ७ वर्षपछि मात्रै अंगिकृत नागरिकता पाउने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले विवाह गरेपछि ७ वर्ष नेपालमा स्थायी बसोबास भएको महिलालाई मात्रै अंगिकृत नागरिकता दिने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाली पुरुषसँग विवाह गरेर आउने महिला ७ वर्ष नेपालमा बसेको र विदेशको नागरिकता वा राष्ट्रियता झल्काउने कागजात परित्यागको प्रकृया सुरु भएपछि मात्रै अंगिकृत नागरिकता दिने निर्णय पार्टीले गरेको बताए । नागरिकता प्राप्त नगर्दासम्म सामाजिक, सांस्कृतिक र आर्थिक सम्पूर्ण अधिकारसहितको आवासिय परिचयपत्र विवाह भएको दिनबाट नै दिइने उनले बताए ।

नागरिकता संशोधन विधेयकमा लामो समयदेखि संसदमा विचाराधिन रहेको छ । पटक पटक यसका प्रावधानहरुमा छलफल भए पनि सहमति जुट्न सकेको छैन । नेपाली कांग्रेस र मधेशवादी दलहरुले अहिलेकै प्रावधान अनुसार विवाह गरे लगत्तै अंगिकृत नागरिकता प्राप्त गर्न सक्ने प्रावधान राख्नु पर्ने बताउँदै आएका छन् । अहिले पनि सोही प्रावधान छ । विधेयक अहिले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा रहेको छ । समितिमा अहिले अंगिृकत नागरिकताको विषयमा नै छलफल भइरहेको छ । समितिको छलफलमा सहमति जुट्न नसकेपछि गृहमन्त्री रामबहादुर थापाले राजनीतिक सहमतिका लागि भन्दै एक हप्ताको समय मागेका छन् । भिडियाे :

https://youtu.be/y-3Z0m4hPPc

Logo