असारभित्र नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार पुग्ने अनुमान

असारभित्र नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार पुग्ने अनुमान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार मसान्तभित्र कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित संख्या ४० हजार पुग्न सक्ने आन्तरिक प्रक्षेपण गरेको छ। मन्त्रालयले ४० हजार संक्रमित पुग्न सक्ने भन्दै त्यसै अनुसार तयारी थाल्न मार्गदर्शन बनाएको छ।

मन्त्रालयले तयार पारेको कोभिड–१९ महामारी व्यवस्थापनका लागि भौतिक स्रोत पहिचान तथा जनशक्ति व्यवस्थापन मार्गदर्शनमा ४० हजार संक्रमितमध्ये ८० प्रतिशत अर्थात् ३२ हजारमा कुनै लक्षण तथा असर नदेखिने भएकाले उनीहरुलाई होम क्वारेन्टाइन वा होम आइसोलेसनमा राख्नु पर्ने उल्लेख छ। त्यस्तै १५ प्रतिशत संक्रमित अर्थात् ६ हजार जनालाई अस्पताल केयर, आइसोलेसन बेड र ५ प्रतिशत अर्थात् २ हजार जनालाई सघन उपचार चाहिने प्रक्षेपण गरिएको हो।

मार्गदर्शनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउनेमध्ये संक्रमणको लक्षण नभएकालाई होल्डिङ गर्ने तथा सम्बन्धित स्थानीय तहसम्म पुर्याउने काम सम्बन्धित प्रदेश सरकारको समन्वयमा नेपाली सेनाले गर्ने भनिएको छ। त्रिभुवन विमानस्थलबाट आउनेमध्ये संक्रमणको लक्षण देखिएकालाई आइसोलेसनमा राखिनेछ। त्यस्तै स्थलगत सीमानाकाबाट भित्रिने तर संक्रमणको लक्षण नभएकालाई पनि होल्डिङ गर्ने तथा सम्बन्धित स्थानीय तहसम्म पुर्याउने कार्य सम्बन्धित प्रदेश सरकारको समन्वयमा नेपाली सेनाले गर्ने र संक्रमणको लक्षण देखिएकालाई आइसोलेसनमा राखिनेछ।

स्थानीय तहले बाहिरबाट आएका व्यक्ति तथा सम्बन्धित स्थानीय तहभित्र नै शंकाको दायरामा रहेका व्यक्तिलाई आवश्यकता अनुसार क्वारेन्टाइन, होम क्वारेन्टाइन, आइसोलेसन, सामूहिक आइसोलेसनमा राख्ने व्यवस्था गर्नुपर्नेछ। होम क्वारेन्टाइन तथा आइसोलेसनमा रहेका व्यक्तिसँग समन्वय, सम्पर्क गर्न तथा उनीहरूलाई आवश्यक स्वास्थ्य सल्लाह दिन स्वास्थ्यकर्मी व्यवस्थापन पनि सम्बन्धित स्थानीय तहले गर्नुपर्नेछ। क्वारेन्टाइन तथा आइसोलेसनमा रहेका व्यक्तिलाई संक्रमणको मध्यम र जटिल लक्षण देखिए उपचारका लागि अस्पताल लैजाने तथा ल्याउने व्यवस्था पनि स्थानीय तहले मिलाउने र उपचार व्यवस्थापन स्वास्थ्य मन्त्रालयले गर्ने मार्ग निर्देशनमा उल्लेख छ।नागरिकबाट

Logo