प्रधानसेनापति थापा र सशस्त्रका आईजीपी खनाल कालापानीमा (भिडियोसहित)

प्रधानसेनापति थापा र सशस्त्रका आईजीपी खनाल कालापानीमा (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

दार्चुला ।

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक आईजीपी शैलेन्द्र खनाल कालापानी निरीक्षणमा आएका छन् । बुधबार नेपाल भारत सीमा ब्यास क्षेत्रको स्थलगत निरीक्षण भ्रमणमा आएका हुन् ।

उनीहरुसँगै सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तम सुवेदी, सशस्त्रका डीआईजी हरिशंकर बुढाथोकी, सुदूरपश्मि पृतिना पति निर्मलकुमार थापा उपरथी पनि पुगेका थिए। उनीसँगै नेपाली सेनाका सहायक रथी सहदेब खड्का पनि बुधबार सेनाको स्काई ट्रकमार्फत् दार्चुला पुगेका छन‍् । केही दिन अघि सशस्त्र प्रहरीले स्थापना गरेको कालापानीको छाङ्गुर बोर्डर आउट पोस्ट (बीओपी) को निरीक्षण र दार्चुला तिङ्कर सडकखण्डको अनुगमन गरेर फर्किएका छन्।

नेपाल सरकारले अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको भूभाग नेपालको नक्सामा समेटेको र निशान छापसमेत संशोधन गरेसँगै उच्च सुरक्षा अधिकारीको टोलीले ब्यास क्षेत्रको भ्रमण गरेको हो ।

भारतले अतिक्रमण गरेको नेपाली भूमि निरीक्षणका लागि प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल दार्चुलाको छाङरुतर्फ गएका हुन् ।

दुवै प्रमुखले कालापानी नजिकै स्थापना गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट र सेनाको अस्थायी बेस निरीक्षण गर्ने तथा दार्चुलाको तिंकर सडक खण्डको अनुगमन गर्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । उनीहरु धनगढी हुँदै सेनाकै हेलिकोप्टरमार्फत दार्चुलाको छाङरु जाने बताइएको छ । निरक्षणमा नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी उत्तम सुवेदीसमेत सहभागी हुने बताइएको छ ।

सरकारले गत वैशाख ३१ गते दार्चुलाको छाङरुमा सशस्त्रको बीओपी र जेठ ७ गते घाँटीबगरमा सेनाको अस्थायी बेस स्थापना गरेको थियो ।

Logo