मिस्ट एन्ड मिस किड्स -२०२४ को पहिलो अडिसन सम्पन्न

मिस्ट एन्ड मिस किड्स -२०२४ को पहिलो अडिसन सम्पन्न


काठमाडौंमा मिस्टर एन्ड मिस किड्स नेपाल-२०२४ को अडिसन सम्पन्न भएको छ । 

शाह इन्टरटेन्मेन्टले कम्पनीले ४ देखी १६ वर्ष सम्मका बालबालिका सहभागि हुने गरी शो संचालन गरेको शाह इन्टरटेन्मेन्टका संचालक मोनु साहले बताइन् । मिस्टर एन्ड मिस किड्स नेपालमा कलाकारीता र मोडलिंङप्रती रुचि भएकाहरुको प्रतिभाहरू देखाउन पाउनेछन् ।

२०१८ मा स्थापना भएको शाह इन्टरटेन्मेन्ट नेपाली समुदायमा स्थानीय कला, फेसन र प्रतिभालाई प्रवर्द्धन गर्नमा जोड दिएको बताइएको छ । यो प्रतियोगितामा ४ देखी १६ बर्षसम्मको बालबालिका भाग लिन पाउने छन् । विगत ५ वर्षको अन्तरालमा धेरै इभेन्टहरु सम्पन्न भएका छन् । प्रतियोगिताको अडिसन पुस १४ गते शनिबार सम्पन्न भएको छ । 

ग्रान्ड अडिसनमा टिना थापा(मोडेल) आशा भण्डारी (फेसन डिजाइनर) मारुफा खातुन (फेसन डिजाइनर) ले निर्णायकको भूमिका निभाएका थिए । साथै मिस्टर एन्ड मिस किड्स-२०२४ को दोस्रो अडिसन पनि हुने व्यहोरा जानकारी गराउँदै पुन छुटिएको बाल बच्चा फेरि आफ्नो सहभागीता जनाई अडिसन दिन सक्नेछन् भने कुरा कम्पनीको संचालक साहले बताइन् । 

Logo