संघीय संसद् सेवाको सचिव पदमा खड्काको बढुवा

संघीय संसद् सेवाको सचिव पदमा खड्काको बढुवा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । संघीय संसद् सचिवालयको रिक्त सचिव पदमा सहसचिव सुदर्शन खड्काको बढुवा भएको छ । संसद् सेवामा ५१ सालमा प्रवेश गरेका सहसचिव खड्का पछिल्लो समय राष्ट्रियसभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सचिवका रुपमा कार्यरत थिए ।

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा रहेको सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको निर्णयअनुसार उनी सचिवमा बढुवा भएका हुन् ।

संघीय संसद् सेवाको महासचिवमा डा. भरतराज गौतमको नियुक्ति भएसँगै संघीय संसद् सेवाका दुईमध्ये एक सचिव पद रिक्त थियो । यसअघि सचिव खड्कासँग प्रतिनिधि सभा, उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता समिति र राज्यव्यवस्था तथा सुशासन समितिको सचिवका रुपमा समेत काम गरेको अनुभव छ ।– रासस

Logo