मन्त्रिपरिषद् बैठक सम्पन्न, लकडाउन खुकुलो पार्ने विषयमा छलफल

मन्त्रिपरिषद् बैठक सम्पन्न, लकडाउन खुकुलो पार्ने विषयमा छलफल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
आज बसेको मन्त्रिपरिषद् बैठक केहीबेर अघि सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कोरोना भाइरस संक्रमणका बारे छलफल भएको बताइएको छ ।

बैठकमा लकडाउनको मोडालिटी परिवर्तनका विषयमा पनि छलफल भयो । तर यस विषयमा कुनै ठोस निर्णय हुन भने नसकेको बताइएको छ ।

बैठकमा मन्त्रीहरुले लकडाउन खुकुलो पार्नु पर्ने कुरा राखेका थिए । बैठकले विभिन्न क्षेत्रका विज्ञहरुको राय समेतलाई समेटेर लकडाउन कहाँ कसरी कार्यान्वयन गर्ने, कहाँ कडा गर्ने र कहाँ खुला बनाउने कार्ययोजना बनाउन उच्चस्तरीय समन्वय समितिलाई जिम्मा दिएको छ ।

यस्तै बैठकले विष्णु नेपाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ भने रोल्पामा वैशाख १८ गते बम विस्फोट हुँदा ज्यान गुमाएका जिल्लाको त्रिवेणी गाउँपालिका–७ गौरीगाउँका चार जना बालबालिकाका परिवारलाई जनही पाँच लाख क्षतिपूर्ति दिने पनि निर्णय गरेको छ ।

लकडाउनको आज ७३ औं दिन पुरा भएको छ । राजधानीका केही ठाउँमा भने आज केहीबेर बजारहरु खुलेका थिए ।

Logo