अब म्याद सकिएका सवारी पासको पनि नवीकरण गर्नु नपर्ने

अब म्याद सकिएका सवारी पासको पनि नवीकरण गर्नु नपर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले जेठ दुई गतेदेखि जारी गरिएका पासहरूको म्याद सकिए पनि नवीकरण गर्न नपर्ने व्यवस्था गरेको छ। कार्यालयले एक सूचना जारी गर्दै जेठ २ देखि १९ गते सम्मका लागि यसअघि जारी गरेका पासको नवीकरण गर्नु नपर्ने जानकारी गराएको हो।

यस अघि सार्वजनिक निर्माण कार्य तथा अत्यावश्यक सेवा प्रदान गर्ने संस्थाहरूका लागि दिइएको पास लकडाउनको अवधि २० गते सम्मका लागि मात्रै मान्य हुने व्यवस्था गरेको थियो । सरकारले लकडाउन जेठ ३२ गतेसम्मका लकडाउन थपेकाले जिल्ला प्रशासनले कार्यालयले पनि पहिले वितरण गरेको पास लकडाउन अवधि भर मान्य हुने सूचना मार्फत जानकारी दिएको छ।

अब पास लिनका लागि प्रशासन कार्यलयमा पुग्नु नपर्ने भएको छ। सवारी पासका लागि कार्यालयको इमेल वा फेसबुक पेजमार्फत निवेदन बुझाएर पनि पास लिन सकिने व्यवस्था गरेको छ। त्यस्तै, अब बैंक तथा वित्तिय संस्थाका कर्मचारीको लागि छुट्टै पास नचाहिने भएको छ। बैंक तथा वित्तिय सस्थाको कार्ड भए पछि केही दिन देखि प्रहरीले छोड्न लागेको छ । यस अघि राष्ट्र बैंकले दिएको पासलाई मात्रै मान्यता दिंदै आएको थियो ।

Logo