बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित


काठमाडौं ।
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम बुधबार पारित भएको छ ।

कोभिड-१९ ले पारेको असरलाई मध्यनजर गर्दै आगामी आर्थिक वर्ष उत्पादनमुलक क्षेत्रमा लगानी बढाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । प्रदेशभित्र निःशुल्क आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन हरेक स्वास्थ्य संस्थामा जनशक्ति, उपकरण र औषधिको उपलब्धता सुनिश्चित गर्ने, क्यान्सर रोग लागेका विपन्न नागरिकहरुलाई केन्द्र सरकारले दिँदै आएको सहुलियतमा थप सहुलियत दिने नीति पनि प्रदेश सरकारले लिएको छ ।

सरकारले कृषि, पशुपक्षी र मत्स्य क्षेत्रको आधुनिकिकरण र औद्योगिकिकरण गरी गुणस्तरिय उत्पादनमा जोड दिने नीति लिएको छ । प्रदेश सरकारले शहिद, वेपत्ता, घाइते र अपाङ्गता भएका परवारलाई ‘द्वन्द्व पीडितका साथ प्रदेश सरकार’ कार्यक्रम अन्तर्गत सीप अभिवृद्धि र रोजगारीका अवसर उपलब्ध गराउने नीति पनि लिएको छ ।

यता बागमती प्रदेशको नीति तथा कार्यक्रम अहिलेको परिस्थितीलाई सम्बोधन गर्न नसक्ने सांसदहरुले बताएका छन् । कोरोनाबाट प्रभावित जनताहरुका लागि विशेष प्याकेज ल्याउनु पर्ने अवस्थामा त्यसो हुन नसकेको सांसदहरुको आरोप छ । लामो लकडाउनका कारण जनताहरु भाकभोकै बस्नु परेको सांसदहरुको भनाइ छ । यसलाई नीति तथा कार्यक्रममा समेट्नु पर्ने उनीहरुले बताए ।

Logo