१५ दिन थपियो लकडाउन, जेठ २० सम्म कायम राख्ने मन्त्रिपरिषदको निर्णय

१५ दिन थपियो लकडाउन, जेठ २० सम्म कायम राख्ने मन्त्रिपरिषदको निर्णय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपालमा लकडाउन पुनः थपिएको छ । मन्त्रिपरिषदको आजको बैठकले लकडाउन १५ दिन थप गर्ने निर्णय गरेको हो । यसअघि थपिएको लकडाउन सोमबार सकिंदै गर्दा आज यस्तो निर्णय गरिएको हो । लकडाउन अब जेठ २० गते सम्म रहने छ ।

आजै बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सरकारलाई लकडाउन १५ दिन थप्न सिफारिस गरेको थियो ।

यसअघि गत चैत ११ गते देखि जारी लकडाउन ६ पटक थपिसकिएको छ । नेपालमा हालसम्म २९५ जना कोरोना संक्रमित छन् । जसमध्ये २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएका छन् ।

Logo