वैशाख ३० गते पालुङबाट तरकारी गाडीमा काठमाडौँ, आमा भन्छिन्,- “अचम्म लाग्यो”

वैशाख ३० गते पालुङबाट तरकारी गाडीमा काठमाडौँ, आमा भन्छिन्,- “अचम्म लाग्यो”

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। सतुंगलका कोरोना संक्रमित ७ वर्षीय बालक मकवानपुरको थाहा नगरपालिका निवासी भएको खुलेको छ।

संक्रमित बालकका परिवार वैशाख ३० गते काठमाडौं आएको पाइएको हो । बालकका आमा निर्मला लामा (परिवर्तित नाम) ले आफूहरु तरकारी गाडीमा राति काठमाडौं आएको बताइन् । आफूहरू नौविसेको बाटो भएर आएको भएपनि बीच बाटोमा कतै चिया नास्ता नखाएको उनले बताइन् ।

साँझ ६ बजे पालुङबाट गाडी चढेर आएका उनीहरु राति साढे १० बजे कोठामा पुगेका थिए । “कोठामा हामी आएको थाहा पाएपछि यहाँका स्थानीयले परिक्षण गर्न पठाए, परिक्षण गर्दा बाबुको पोजिटिभ आयो।”  उनले भनिन् । छोरालाई कुनै लक्षणबिना नै संक्रमण देखिएको तर सँगै बसेको आफूलाई संक्रमण नदेखिएकोमा उनले आश्चर्य व्यक्त गरिन् ।

उनले आफूहरु चैतको १९ गते गाउँ गएको जानकारी दिइन् । पालुङमा आफ्नो घर र माइतीवाहेक अन्यत्र नगएको पनि उनले बताइन् । “म योबीचमा आफ्नो घर र माइती मात्रै गएकी छु । बाबु पनि छरछिमेकीका नानीबाबुसँग मात्रै खेलेको हो ।” उनले भनिन् । उनीहरूले थाहानगरको वडा नम्बर २ र ७ को यात्रा गरेको देखिन्छ।

संक्रमित बालकका बुबा पानी ट्यांकर चलाउछन् । पानी ट्यांकर चलाउने काम भएकाले उनीहरु लकडाउनमा पनि काठमाडौं फर्किएका थिए ।

चन्द्रागिरी नगरपालिका १० का वडाध्यक्ष गोपालकृष्ण महर्जनले उनीहरु बस्ने घरमा ३० परिवार बस्ने गरेको बताए । उनले उक्त घर १४ दिनका लागि शिल गरिसकिएको बताए । लकडाउनको समयमा अन्यत्रबाट मानिस आएको थाहा पाएपछि आफूहरुले परिक्षण गर्न लगेको उनले बताए ।

संक्रमित बालकको अहिले बलम्बुस्थित शसस्त्र प्रहरीको अस्पतालको आइसोलेशनमा उपचार भइरहेको छ ।

समाचारमा प्रयोग गरेको फोटो सांकेतिक हो। 

Logo