राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम जनमुखी रहेको बताएकी छन् । आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थक बनाउन सरकारको कार्यशैली सक्षम रहेको बताएकी हुन् ।
राष्टपति भण्डारीले स्वदेशमै अवसरका लागि वातारण सिर्जना गर्ने बताइन् । उनले आगामी १० वर्षमा कृषि उत्पादन दोब्बर गरिने पनि बताइन् ।
सरकारले ३ वर्ष भित्र सबै नागरिकको स्वास्थ्य बीमा गर्ने लक्ष्य लिएको छ । सरकारले कोरोनाभाइरसका कारण मित्रराष्ट्र तथा विकास साझेदारहरुको स्रोत साधन परिचालनको प्राथमिकता फरक हुन सक्ने भन्दै अधिकतम आन्तरिक स्रोत परिचालनको नीति लिएको छ ।
यस्तै आर्थिक क्रियाकलाप, कृषि, विकास निर्माणका कार्य र सामाजिक जनजीवनमा थप क्षति हुन नदिइ सुचारु गरेर तीव्रता दिने पनि सरकारको नीति रहेको छ ।
स्वास्थ्य, शिक्षा, लैंगिक समानता र अन्य सामाजिक सांस्कृतिक कार्यक्रम सञ्चालन र सेवा प्रवाह गरी स्वस्थ, शिक्षित र गतिशिल सामाजिक जीवन कायम गरिने सरकारको नीति रहेको छ । फजुल खर्च रोक्ने, उत्पादनशील क्षेत्रमा लगानी केन्द्रीत गर्ने तथा वित्तीय अनुशासन कायम गर्ने पनि सरकारको नीति छ।
नेपाललाई कोरोनामुक्त देश बनाउन सरकारको पहिलो प्राथमिकता रहेको राष्टपति भण्डारीले बताइन् । उनले संक्रमणको परीक्षणलाई व्यापक बनाइने, चिकित्सक, औषधिको कुनै अभाव हुन नदिने पनि सरकारको नीति रहेको बताइन् ।
त्यस्तै देशभर एकिकृत एम्बुलेन्स सेवा संचालन गरिने भएको छ। सरकारले ३ बर्ष भित्र सबै नागरिकको स्वास्थ्य बीमा गर्ने लक्ष्य लिएको छ । सरकारले अधिकतम आन्तरिक स्रोत परिचालनको नीति लिएको छ ।
यस्तै स्वास्थ्य, शिक्षा, लैंगिक समानता र अन्य सामाजिक सांस्कृतिक कार्यक्रम सञ्चालन र सेवा प्रवाह गरी स्वस्थ, शिक्षित र गतिशिल सामाजिक जीवन कायम गरिने सरकारको नीति रहेको छ । त्यस्तै सरकारले आन्तरिक राजस्वलाई आम्दानीको मुख्य स्रोत बनाउने भएको छ ।
त्यस्तै राष्ट्रपति भण्डारीले सरकारको प्राथमिकता फेरिएको बताउदै विदेशबाट फर्केकालाई अवसर दिने पनि बताइन् ।































प्रतिक्रिया