अब एउटै जिल्लाभित्रको पास पनि रद्द

अब एउटै जिल्लाभित्रको पास पनि रद्द

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
जिल्लाकै एउटा स्थानबाट अर्को स्थानमा जानसमेत नपाइने भएको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि गृह मन्त्रालयले एउटा जिल्लाभित्र सवारी सञ्चालन गर्न पाउने गरी जारी गरेको सवारी पास रद्द गर्ने निर्णय गरेको हो ।

कुनै पनि व्यक्तिलाई अत्यावश्यक कामका लागि बाहिर निस्कनु परेमा नजिकैका प्रहरीलाई सम्पर्क गर्न सकिने गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताए ।

मन्त्रालयले विहिबारबाट एउटा जिल्लाबाट अर्को जिल्लामा प्रवेश गर्न रोक लगाएको छ । मन्त्रालयमा उपत्यकाका नगरपालिकाका प्रमुखहरुसँग अहिलेको अवस्थामा स्थानीय तहको भूमिकाका सम्बन्धमा छलफल गरिएको थियो ।रासस

Logo