काठमाडौं । विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनासहित आधा दर्जन भन्दा बढी पक्राउ परेका छन् । मंगलबार भारतीय पक्षको विरोध गर्न पुगेका उनीहरुलाई माइतीघर मण्डलाबाट पक्राउ गरेको हो ।
भारतीय पक्षले नेपाली भूमि लिपुलेक हुँदै चीनको धार्मिक स्थल मानसरोवर जाने बाटो निर्माण गरेको थियो । जसको भारतीय रक्षामन्त्री राजनाथ सिंहले गत शुक्रबार भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका थिए ।
भारतीय पक्षले नेपाली भूमि कब्जा गरेर एकतर्फी रुपमा बाटो निर्माण गरेपछि नेपालमा सडकदेखि सदनसम्म विरोध हुँदै आएको छ । विभिन्न राजनीतिक दल, राजनीतिक दलका भ्राति संगठन र स्वतन्त्र नागरिकहरुले विरोध गर्दै आएका छन् ।





























प्रतिक्रिया