राजधानीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

राजधानीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौंको सोल्टीमोड नजिकै आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल र बा २१ च ४३४७ कार ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मोरङ घर भएका २३ वर्षीय टीकाराज गेलाल रहेका छन् । कलंकीबाट कालिमाटीतर्फ आइरहेको निजी कारले विपरित दिशाको मोटर साइकललाई ठक्कर दिएको थियो । थप विवरण आउन बाँकी छ ।

Logo