सरकारी वकिल कार्यालयमा सांसद यादवको अपहरण सम्बन्धि निवेदन दर्ता

सरकारी वकिल कार्यालयमा सांसद यादवको अपहरण सम्बन्धि निवेदन दर्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सांसद डा. सुरेन्द्र यादवको अपहरण सम्बन्धि निवेदन दर्ता गरेको छ । सांसद डा. यादवले आफूलाई अपहरण गरेको भन्दै सांसदहरु महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वआइजीपी सर्वेन्द्र खनालविरुद्ध दिएको निवेदन दर्ता गरेको हो । यसअघि अध्ययनका लागि केही समय चाहिने भन्दै सरकारी वकिल कार्यालयले उजुरी लिएको थिएन् । सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता हरिप्रसाद रेग्मीले सोमबार डा. यादवको उजुरी दर्ता भएको बताए । प्रहरीले जाहेरी लिन नमानेपछि कानून अनुसार सरकारी वकिल कार्यालयमा दर्ता भएको उनले बताए ।

सरकारी वकिल कार्यालयमा दर्ता भएको उजुरी आवश्यक कारवाहीका लागि प्रहरीमा पठाउनु पर्ने कानूनी प्रावधान अनुसार उजुरी प्रहरीकोमा पठाइनेछ । मुलुकी फौजदारी कार्यविधि संहिता, ०७४ को दफा ५ मा जाहेरी दर्खास्त वा सूचना प्रहरीले दर्ता नगरे सरकारी वकिलको कार्यालयमा उजुरी गर्न सकिने व्यवस्था छ । उजुरी प्राप्त भएपछि सम्बन्धित सरकारी वकिलको कार्यालयले त्यसको अभिलेख राखेर जाहेरी दर्खास्त वा सूचना आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाउनु पर्ने व्यवस्था छ ।

यसअघि डा.यादव लगायतका नेताहरु सरकारी वकिलको कार्यालय पुगेपनि निवेदन दर्ता भएको थिएन । प्रहरी र सरकारी वकिल कार्यालयले निवेदन दर्ता नगरेपछि डा. यादवले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका थिए ।

Skip This
Skip This
Logo