श्रमिक दिवसमा प्रधानमन्त्री ओलीको कविता कोसेली- ‘अब आँसु खसाउनु पर्दैन’

श्रमिक दिवसमा प्रधानमन्त्री ओलीको कविता कोसेली- ‘अब आँसु खसाउनु पर्दैन’

केन्द्रबिन्दु
0
Shares

विश्व समुदाय कोरोनाभाइरस (कोभिड १९) को सन्त्रासमा छन् ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको आन्तरिक राजनैतिक विवाद उत्कर्षमा पुगेको छ।

भोलि शनिबार नेकपाको सचिवालय बैठक बस्दैछ । पार्टीकै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र  वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरसँगको विवाद साम्य पार्न ओलीले ‘वामदेव कार्ड’ फालेका छन्। आज नेपालनिवास कोटेश्वरमा भएको छलफलमार्फत प्रचण्ड र नेपाल पक्षधरले भोलि बस्ने बैठकको रणनीति तय गरेका छन् ।

धेरैलाई लागेको कुरा के हो भने प्रधानमन्त्री ओली दवाव र तनावमा छन् । यो पनि लाग्दो हो कि ओलीले आज दिनभर विशेष रणनीति तयार पारेका छन्।

तर ओली राजनैतिक विवादमा मात्रै अल्झिएर तनाव लिइरहेका छैनन् । उनले आजै एउटा कविता पनि रचना गरेका छन् । १३१ औँ श्रमिक दिवसको अवसरमा ओलीले कविता रचेका हुन्।

कवितामा नेपालको विकास, राष्ट्रिय एकता, नेपाली मन, सामाजिक न्याय र समानताका कुराहरू उल्लेख गरेका छन्।

कवितामार्फत ओलीले टुटफुट र स्वार्थी हिंसा नटिक्ने उल्लेख गरेका छन्।

कविता 

अब आँसु खसाउनु पर्दैन
रगत बगाउनु पर्दैन
नेपाली मन अब फुट्दैन
राष्ट्रिय एकता टुट्दैन
शान्ति अब यहाँ मर्दैन
नेपाली मर्नु पर्दैन
बढ्यो नेपाल अब बढ्यो अघि
विकासमा पछि पर्दैन
गणतन्त्र हो यो गणतन्त्र
सार्वभौम जनताको जनतन्त्र
अब आँसु खसाल्नु पर्दैन  ।

०००
सामाजिक न्याय र समानता
अधिकार सम्पन्न जनता
मेची–काली पहाड–तराई
निर्भय वातावरण सुरक्षित नारी
अब आधुनिकतामा बढ्यो नेपाल
गणतन्त्र हो यो गणतन्त्र
सार्वभौम जनताको जनतन्त्र
अब आँसु खसाउनु पर्दैन ।
०००
फाटोका खेती कुहिन्छन्
स्वार्थी हिंसा तुहिन्छन्
अब चेलीका चुरा फुट्दैनन्
कोही टुहुरा पर्दैनन्
गणतन्त्र हो यो गणतन्त्र
शक्तिका स्रोत जनताको
जनतन्त्र हो यो जनतन्त्र
अब आँसु खसाउनु पर्दैन
रगत बगाउनु पर्दैन ।

Skip This
Skip This
Logo