नेपालमा कोरोना भाइरस संक्रमतिको संख्या ६ जना पुगेको छ।
बिहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले प्रेस ब्रिफिङ गर्दै संक्रमितको संख्या ६ पुगेको बताएको हो। उनी गत चैत ४ गते कतार एयरवेजको जहाजबाट आएको उनले बताए ।
चैत ४ गते नेपाल आएको कतार एयरवेजको विमानमा उनीहरु आएका थिए। यो विमानमा १ सय ५८ जना यात्रु थिए।
संक्रमिततीमध्ये ५ जनाको उपचार भइरहेको छ भने एक जना निको भइसकेका छन्। टेकु अस्पतालमा २ जना, सेती प्रादेशिक अस्पतालमा एकजना र धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा एकजनाको उपचार भइरहेको छ।































प्रतिक्रिया