रामेछापमा बाेलेरो दुर्घटना: २ जनाकाे मुत्यु, ३० भन्दा बढी यात्रु

रामेछापमा बाेलेरो दुर्घटना: २ जनाकाे मुत्यु, ३० भन्दा बढी यात्रु

केन्द्रबिन्दु
0
Shares

रामेछाप। जिल्लाकाे राकाथुमस्थित माझी गाउँमा पिकअप भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । भ्यानमा सवार २८ जना घाइते भएका छन्।

भक्तपुरको सूर्यविनायकबाट दोरम्बा जाँदै गरेको बा १४ च ९४९८ पिकअप बोलेरो खाँडादेवी गाउँपालिका–१ राकाथुमस्थित माझी गाउँमा मंगलबार बिहान ५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिए।

उनका अनुसार दोरम्बा गाउँपालिका-२ कि २५ वर्षीया संगीता पहरीको मृत्यु भएको छ भने अर्का एक जनाको सनाखत हुन बाँकी रहेको छ।‘घाइते भएकामध्ये २५ जनाको धुलिखेल अस्पताल र ५ जनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका लागि लगिएको छ।

प्रहरीका अनुसार धुलिखेल अस्पतालमा १ जना महिला र बनेपाको अस्पतालमा १ जना पुरुषको उपचारको क्रममा मृत्युभएको हो। सामान्य घाइते भएका दुई जना घर गएका छन्। बोलेरो गाडी सडकबाट करिब १५० मिटर तल खसेको थियो।

Skip This
Skip This
Logo