स्याङ्जाको राम्दीमा ५ हजार जनाको स्वास्थ्य परीक्षण

स्याङ्जाको राम्दीमा ५ हजार जनाको स्वास्थ्य परीक्षण

केन्द्रबिन्दु
0
Shares

स्याङ्जा ।
जिल्लाको गल्याङ नगरपालिका–१ राम्दीमा पाँच हजार जनाभन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ । गण्डकी प्रदेश र पाँच नम्बर प्रदेशको सिमानामा रहेको राम्दीमा नगरपालिकाले हेल्थ डेस्क स्थापना गरेर स्वास्थ्य परीक्षण गर्दै आएकोमा अहिलेसम्म पाँच हजार २५१ जनाको स्वास्थ्य परीक्षण गरिएको नगरपालिकाले जनाएको छ ।

यसैबीच वालिङ नगरपालिका–१ रामबाच्छाका युवा व्यवसायी किरण ठकुरीले नगरपालिकाभित्र रहेका १७ वटा स्वास्थ्य चौकी, वडा प्रहरी कार्यालय, सशस्त्र प्रहरी र फेदीखोला गाउँपालिका–१ मा रहेको अमोर सेवा नेपाल बालगृहका लागि एक लाख बराबरको स्यानेटाइजर, मास्क र पञ्जा सहयोग गरेका छन् ।

वालिङमा विधान स्पोर्ट्स हाउस सञ्चालन गर्दै आएका व्यवसायी ठकुरीले आफ्नो छोरा विधानको जन्मदिनको अवसर पारेर सो सहयोग गरेका हुन् । विश्वरभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणबाट सबै त्रसित भइरहेका बेला छोराको जन्मदिनमा अन्य कार्य गर्नुभन्दा जनताको उपचारमा खटिने स्वास्थ्यकर्मी र सुरक्षामा खटिने प्रहरीका लागि सहयोग गर्न उपयुक्त लागेर जन्मदिन मनाउने खर्चले सो सामग्री सहयोग गरेको ठकुरीले बताए।रासस

Logo