प्रहरीले आइतबार एकाबिहानै ‘लकडाउन’को उल्लघंन गर्दै बाहिर निस्केका २ सय भन्दा बढीलाई नियन्त्रणमा लिइएको छ। काठमाडौँ उपत्यकाबाट ५५ महिला र १५५ जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
महानगरीय प्रहरी कार्यालयका प्रहरी प्रमुख डिआईजी विश्वराज पोखरेलले आजबाट नयाँ कारबाही गरिने जानकारी दिए। उनका अनुसार अब ‘लकडाउन’ उल्लघंन गर्नेलाई सोही ठाउँमा २ घण्टासम्म नियन्त्रणमा राखिन्छ ।
प्रहरीले हिजो करिब ५ सय जनालाई नियन्त्रणमा लिएको थियो ।
सरकारले ‘लकडाउन’ घोषणा गरेको आज छैठौ दिन हो।





























प्रतिक्रिया