काठमाडौं ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएकाले आजै डिस्चार्ज हुने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहले स्वस्थ्य अवस्था सामान्य बन्दै गएकाले आजै डिस्चार्ज हुने जानकारी दिएको उल्लेख गरेका छन् ।
उनले प्रेस नोटमा लेखेका छन्–‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको मुटुको धड्कन बढ्ने समस्या देखिएको हुनाले हिजो राती मनमोहन सेन्टर महाराजगंजमा भर्ना गरिएको छ । प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था सामान्य भइसकेको हुनाले आजै डिस्चार्ज गरिने उहाँका निजी चिकित्सक प्राडा दिव्यासिंह शाहले बताउनुभएको छ ।’
प्रधानमन्त्री ओलीको मुटुमा समस्या देखिएपछि हिजो राति अस्पतालमा भर्ना गरिएको थियो ।





























प्रतिक्रिया