कास्कीको रुपा गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ ।
१२ दिनअघि भारतबाट आएका ५० वर्षीय विश्ववन्धु नेपालीको बुधबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो । नेपालीलाई मंगलबारदेखि रुपा गाउँपालिकाले तयार पारेको क्वारेन्टाइनमा राखिएको थियो । नेपालीमा कोरोना भाइरसको लक्षण नदेखिए पनि भारतबाट फर्किएका कारण उनलाई मंगलबारदेखि क्वारेन्टाइनमा राखिएको थियो ।
नेपालमा अहिलेसम्म ३ जनामा कोरोना भाइरसको पुष्टि भएको छ । तीमध्ये २ जनाको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा उपचार भइरहेको छ भने १ जना निको भएका छन् ।































प्रतिक्रिया