काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले बुधबार स्वास्थ्य सेवा विभागलाई ५० हजार मास्क हस्तान्तरण गरेका छन् ।
चेम्बरले भोलिदेखि मुलुकका विभिन्न जिल्लाहरुमा पनि मास्क वितरण गर्ने भएको छ । बजारमा मास्कको हाहाकार अन्त्य हुने भएको चेम्बर्सको दाबी छ ।
उपाध्यक्ष मल्होत्रासहितका व्यवसायीले एक लाख मास्क उत्पादन गरिसकेका छन् । मल्होत्राले मंगलबारदेखि मास्क उत्पादन सुरु गरेका थिए ।
उनले उत्पादन गरेका मास्कको मूल्य प्रतिगोटा ७ रुपैयाँमै स्वास्थ्य मन्त्रालय र अस्पतालहरुलाई मास्क उपलब्ध गराएको चेम्बरले जनाएको छ ।































प्रतिक्रिया