चितवन ।
चितवनको भरतपुरस्थित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएका वीरगंजका सन्तोष यादवको कोरोनाका कारण मृत्यु नभएको पाइएको छ । उनमा कोरोना आशंका गरिएको भएपनि स्वाव रिर्पोटले कोरोना भाइरसको संक्रमण नभएको पाइएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।
आइतबार अस्पताल भर्ना गरिएका ३० वर्षीय यादवको मंगलबार बिहान अस्थायी अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो। लुपस नामक रोगले पीडित उनको मृत्यु मिर्गौला र फोक्सोको समस्याले भएको पुष्टि भएको छ ।
































प्रतिक्रिया